arrow

१ नं प्रदेशका अधुरा योजना पुरागर्न पहल गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
gyanendra-karki.jpg

बिराटनगर । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक नम्बर प्रदेशको आर्थिक उन्नतीकालागि अधुरा योजनाहरु पुरा गर्न आफुले सक्दो पहल गर्ने बताएका छन् । मोरङ व्यापार संघले बिराटनगरमा आईतबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्द मन्त्री कार्कीले बिराटनगरलाई  आर्थिक सहरका रुपमा बिकास गर्न सके एक नम्बर प्रदेशलाई नै फाइदा पुग्ने भएकोले अधुरा योजनाहरुलाई पुरा गरी छाड्ने मन्त्री कार्कीको भनाई थियो ।

अर्थमन्त्री कार्कीले बिराटनगरमा २० बर्षदेखी  पुरा हुन नसकेको चक्रपथ, बिशेष आर्थिक क्षेत्र (सेज)बिराटनगर बिमानस्थललाई क्षेत्रिय बिमानस्थलका रुपमा बिकास गर्ने लगायतका पुर्वधार निर्माणमा सरकारको ध्यान केन्द्रित हुने जानकारी दिए । कार्यक्रममा मोरङ व्यापार संघले अर्थमन्त्री कार्कीलाई विराटनगरको समग्र विकास र पु्र्वधार निर्माणका लागि १३ बुँदे सुझाव पेश गरेको छ ।

१ नम्बर प्रदेशमा दुई अंकको आर्थिक वृद्धिका लागि व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले विशेष आर्थिक क्षेत्रको स्थापना, पूर्वान्चलमा नियमित विद्युत आपुर्ति,रानी किमाथाङका सडक निर्माण एव अरुण तेस्रो लगायतका पुर्वधार निर्माण गर्न माग गरिएको छ ।

स्वागत कार्यक्रममा मोरंग व्यपार संघका अध्यक्ष पवन सारडा ,उधोग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय लगायतले उद्योग व्यापारको क्षेत्रमा देखापरेका समस्या अर्थमन्त्री कार्कीलाई अवगत गराएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ