arrow

दुर्गममा भिडियो एक्स–रे सेवा शुरु, स्थानीय दङ्ग

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
jajarkot.png

जाजरकोट । यहाँको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा शुरु भएको छ । 

जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा शुरु गरिएको हो । 

साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयले यहाँबाट भिडियो एक्स–रे को सेवा लिन सक्नेछन् । 

स्वास्थ्य मन्त्रालय, जाजरकोट क्षेत्र नं १ मा सांसद शक्तिबहादुर बस्नेतको आर्थिक सहयोगबाट दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको स्वास्थ्य चौकी दल्लीले बताएको छ । 

भिडियो एक्स–रे गर्नकै लागि यहाँका हजारौँ स्थानीय रुकुमको चौरजहारी, नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता थियो । 

अब यहाँ एक्स–रे सञ्चालनमा आएपछि हजारौँ रुपैयाँ खर्च र दुःख हुने कार्य सदाका लागि अन्त्य भएको छ । पूर्वी क्षेत्रको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीमा प्रभावकारी सेवा पाउने आशामा स्थानीयबासिन्दा खुुशी भएका छन् । 

शव परीक्षण गर्नका लागि भवन नहुँदा प्लाष्टिकभित्र राखेर शव परीक्षण हुँदै आएकामा नगरपालिकाको आर्थिक सहयोग पछि अब केही समयभित्र सुरक्षित घरभित्र शव परीक्षण हुने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ