- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ्ग । ‘चोलीको तुना’ नामक लोक देहोरी एल्वमको सफलता पछि दुर्गम बझाङ्ग जिल्ला खप्तड छान्ना गाँउपालिका २ रनिगाँउमा जन्मीएका कलाकार निरोज रावलले लोक पप गित एल्बम ‘आँधि हुरी’ लिएर आएका छन् ।
संगितमा रुची भएका नव गायक निरोज सानो छदा लेक बेसी गर्दा गर्दै गित गाँउने र लेख्ने गर्दर्थे । उनले कमजोर आर्थिक अवस्थाका कारण एल्वम निकाल्न सकेका थिएनन् । बिदेशमा बसेर पैसा कमाएर उनले आफ्नो सानै देखिको संगित प्रतिको मोह लाई पुरा गर्न लोक पप गित ‘आँधि हुरी’ ल्याएको बताए ।
उनको गितमा माया प्रेम र प्रगतीशिल भावना हरु समेटिएका छन् । स्टेज गित भएका कारण धेरै स्रोताहरुले मन पराउने अपेक्षा गरिएको रावलले सुनाए । शब्द संगित लय तथा स्वर रहेको रावलको गितमा भिमा लामिछानेले साथ दिएकी छन् । रक्षा म्यूजिकले प्रोडक्सन गरेको उनको गित यूटुवमा सर्च गरि सुन्न तथा डाउनलोड गर्न सकिने छ ।