arrow

राजाका बाणीलाई ओलीले मजाक बनाएको भन्दै आक्रोश

राजतन्त्रको पूर्नवहालीको लागि भन्दै चरणबद्ध आन्दोलन

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
pashupati-khdks.jpg.jpeg
काठमाडौं । शाही युवा शक्ति नेपालले राजतन्त्र पूर्नवहालीका लागि अब जनता सडकमा आउनुपर्ने भन्दै आह्वान गरेको छ । बुधबार राजधानीमा आयोजित “राजतन्त्र आजको आवश्यकत्ता” नामक विचार गोष्ठीलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजतन्त्रको विकल्प नभएको भन्दै त्यसको लागि आफूहरु सडक संघर्षमा होमिईसकेको समेत जानकारी गराए । 
 
अध्यक्ष खड्काले गणतान्त्रिक व्यवस्थाले नेपाली जनताको कहिल्यै भलो नहुने बरु दिनप्रतिदिन जनताले सास्ती खेप्नुपर्ने भन्दै राजतन्त्र पूर्नवहालीका लागि अब कसैलेपनि ढिलाई गर्न नहुने जिकिर गरे । उनले भने, “श्री ५ ज्ञानेन्द्र सरकारबाट समेत जनताको नाममा एक किसिमको प्रष्ट सन्देश जारी भैसेको छ, अब हामी सडकमा आउनुको विकल्प छैन,।” श्री ५ ज्ञानेन्द्र सरकारद्धारा जारी विज्ञप्तीलाई लिएर प्रधानमन्त्री ओली र मूलधारका सञ्चारमाध्यमहरुले अफावह पैmलाएको भन्दै खड्काले आक्रोस पोखे ।
 
उनले भने, “श्री ५ सरकारले जनताको आधार भार सम्हाल्न म तयार छु भनेर जनतालाई आह्वान गरिबक्सेको थियो तर ओलीले घरबार भनेर भ्रमको खेती गरे, यसप्रति हाम्रो गहिरो आपत्ति छ ।”शाही युवा शक्ति नेपालले राजतन्त्रको पूर्नवहालीको लागि भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आर.वाई.पीले आगामी माघको तेस्रो साताबाट प्रचारप्रसार गर्ने, उपत्यकाकेन्द्रित कोणसभा गर्ने, राजधानीकेन्द्रित बृहत्त सडकसंघर्ष गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ