arrow

वाढीले सय रोपनी भन्दा वढि अलैँची बालीमा क्षति

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ २७ मंगलबार
pahiro_panchtar.jpg

पाँचथर । आइतबार परेको मुसलधारे वर्षा संगै फिदिम–२, साम्दिन स्थित खहरे खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले किसानका सय रोपनि भन्दा बढी अलैचि बालि र खेति बालि बगाएको छ ।

खहरेले स्थानिय नरहरी ढुंगाना, चन्द्र ढुंगाना, नन्दबहादुर ढुंगाना, धनपति अधिकारी हरिमायाँ अधिकारीको अलैचि, अम्लिसो, उत्तिसका बिरुवा र बाँस बगाएको छ । त्यस्तै कृष्णराज पौडेल, गोविन्द अधिकारी, वृहस्पति अधिकारी, गणेश तुम्वापो, चन्द्र तुम्वापो, युवराज अधिकारी लगायतको टिप्न लागेको अलैंची र अम्लिसो, वाँस रुख पात सहित धानखेत पूर्ण रुपमा वगाएको स्थानीय देविप्रसाद दुलालले बताए ।

खहरेले बगाएर नन्दबहादुर ढुंगानाले १० रोपनिमा लगाएको २ हजार कोपीका विरुवा बगाएको स्थानीय पुरुषोतम ढुंगानाले जानकारी दिए । त्यस्तै युवराज अधिकारीको एक रोपनीमा फलेको टिप्न लागेको अलैचि बगाएको छ । त्यस्तै सम्दिनकै गणेश तुम्बापोको २० रोपनिमा लगाएको धान खेत र १० रोपनिमा लगाएको अलैचि खेति पुर्ण रुपमा बगाएको छ । हिजै मात्र अलैचि टिप्दै गरेको र टिपेको ४ बोरा अलैचि समेत खोलाले बगाएको तुम्बापोको भनाई छ ।

बाढीले साम्दिन मायालुमोड–नवमिडाँडा जोड्ने सडकमा समेत क्षति पुर्‍याएको छ । सो सडक मंगलबार स्काभेटर लगाएर सञ्चालनमा ल्याइएको छ । बढीले स्थानीयले प्रयोग गर्दै आएको दर्जन जति खानेपानीको मुल समेत पुरेको छ । खानेपानीको मुहान बाट टाँगेका दर्जन पाइप बगाउँदा खानेपानीको समस्या भएको स्थानीयहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ