arrow

एमालेले मधेशमा एनजिओको आडमा चुनाव लड्दैछ : नायक

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
ajaya_shankar.jpg

बडहरामाल, सिरहा। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अजयशंकर नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा भोट माँग्ने नैतिक धरातल गुमाईसकेको आरोप लगाएका छन् । मंगलबार एक कार्यक्रममा  नेता नायकले एमालेलाई मधेश विरोधी पार्टीको सज्ञा दिए । उनले थपे,“एमालेले अहिले एनजिओ, आईएनजिओको आडमा चुनाव लडिरहेको छ, तर उसले मधेशमा आफ्नो जनमत नै गुमाईसको छ।”

नेता नायकले मधेश र मधेशी जनताहरुको लागि लड्ने एकमात्रै पार्टी आफ्नो पार्टी भएको समेत जिकिर गरे । “मधेशी जनताको अधिकार स्थापित गर्नको लागि हाम्रो पार्टीले सुरुवातदेखि नै संघर्ष गरेको छ, अहिलेपनि हामीले संविधान संशोधनमार्फत मधेशी जनताको माँग सम्बोधन गर्न ईमानदार प्रयास गरेकै हो, तर एमालेको कारण प्रस्ताव असफल भयो,” उनले भने।

त्यस्तै उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीले ४० देखि ६० स्थानमा विजयी हाँसिल गर्ने समेत प्रक्षेपण गरे । उनले भने,“हाम्रो प्रारम्भिक आँकलन हेदा कम्तिमा ४० सिट हामी जित्छौं, त्यो भन्दा पनि धेरै सिट जित्ने संभावना छ।’

नायकले संविधान संशोधनको अहिले कुनै संभावना नरहेको भएपनि प्रदेश र प्रतिनिधि सभाको चुनावपछि यो मुद्दा पूनः उठाईने विश्वास दिलाए । उनले थपे,‘मधेशी जनताको माँग सम्बोधन गर्नको लागि संविधान संशोधन हुन्छ, तर यसको लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म हामीले कुर्नुपर्छ।’

फरक प्रसँगमा उनले हालै भएको मन्त्रिमण्डल विस्तारलाई लिएर स्वभाविक भएको टिप्पणी गरे । नायकले थपे,‘यो स्वभाविक प्रक्रिया हो, गठबन्धन सरकार भएपछि यो बाध्यतात्मक कदम हो, यसलाई सबैले सहज रुपमा लिनुपर्छ।’ माओवादीले त्यही भएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा उठान गरेको समेत उनले जनाए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ