arrow

‘टोपी र धोतीको समान सम्मान’ का लागि तराईमा भोट माग्दै गगन थापा

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
gagan1.jpg

रौटहट । नेपाली काँग्रेसका नेता गगन थापा चुनावी अभियानका क्रममा रौतहट आइपुगेका छन् ।

रौतहटका दुई चुनावी कार्यक्रममा थापा सहभागी भएका छन् । चुनावी कार्यक्रमकाबीच उनले चन्द्रपुर वडा नं २ असनवा टेम्पो पार्कमा स्थानियलाई सम्बोधन गरे ।

चन्द्रपुर असनवाको कार्यक्रममा बोल्दै नेता थापाले संविधान जारी गर्ने जिम्मेवारी पुरा गरेर संविधान कार्यान्वयनको जिम्मा पुरा गर्न निर्वाचन गराउने काममा लागेको बताए ।

नेता थापाले तराई मधेश काँग्रेसको प्राथमिकतामा रहेको बताए । मधेश र मधेशीको आत्मसम्मान काँग्रसको जीवन र संस्कृति रहेको उल्लेख गर्दै नेता थापाले एमालेले जस्तो मधेशीलाई दोस्रो दर्जाका नागरिक बनाइ नराख्ने बताए ।

थापाले भने, ‘काँग्रेस टोपी र धोतीको सम्मानका लागि लागिपरेको छ एमाले जस्तो यो सम्बन्ध भाड्न लागेको हैन ।’

तेस्रो चरणको स्थानिय चुनाव मात्र हैन अबको प्रदेशको चुनावमा पनि काँग्रेसले प्रदेश नं २ मा पनि सरकार बनाउने उल्लेख गर्दै प्रदेश सरकारबाट लिने सेवा सुविधाबाट लाभान्वित हुन पनि तराई मधेशका मतदाताले आफनो स्थानिय तहमा काँग्रेसलाई जिताउन आग्रह गरे ।

नेपालको शान्ति समृद्धी र जातीय सदभावका लागि कांग्रेसले धेरै अपमान र गाली खाएको भन्दै थापाले देशको समस्याको निकास र बिकासका लागि काँग्रेसलाई मत मार्फत पुरस्कृत गर्ने समय आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ