- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । शुद्धोधन गाउँपालिकाको प्रथम गाउँसभा तथा परिषद् लवनीमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ को लागि ३९ करोड ४४ लाख ५ सय ६६ रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ । सो मध्ये पुजिँगत तर्फ १८ करोड ५६ लाख ३५ हजार १ सय ७५ रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ ६ करोड १८ लाख ७८ हजार ३ सय ९१ रुपैयां वरावरको रकम विनियोजन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले उक्त बजेट गाउँसभामा प्रस्तुत तथा पारित गरेका हुन् । साथै गाउँपालिकाको कार्य सम्पादनलार्ई पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने ब्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास जस्ता नीति तथा कार्यक्रम समेत पारित गरेको समेत खांले बताए ।
लक्षित वर्ग, महिला तथा पछाडि परेकालाई समाहित गर्ने तथा शिक्षा, स्वास्थ्य, कृषि ,सडक वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम पारित भएका छन् । कार्यालय व्यवस्थापनको जग्गाको छनौट, खुल्ला दिसा मुक्त गाउँपालिका घोषणा जस्ता कार्यहरु तय भएको उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन ।
गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँको अध्यक्षता अध्यक्षता वडा सचिव ईश्वरी प्रसाद न्यौपानेको संचालन र वडा अध्यक्ष मनोज यादवको को स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठनदेखि हालसम्म गरेका कार्य तथा आय व्यायको बारेमा कार्यकारी अधिकृत अनन्तपाणी मरासिनीले प्रगती प्रतिवेदन पेश गरेका थिए ।