arrow

देशमा फाटो ल्याउने काम एमालेले गरेको प्रधानमन्त्रीको आरोप

महोत्तरी काँग्रेसले गर्यो दर्जनलाई कार्वाही

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
deuba2.JPG

 

महोत्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले केही तत्वहरु नेपाल र भारतबीच मात्रै होइन मधेश, पहाड र हिमालबीच फाटो ल्याउने काम गरिरहेको बताएका छन् । महोत्तरी जिल्लाको बर्दिबासमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमालेकै गैरजिम्मेवारीपूर्ण निर्णयको कारणले देशमा फाटो आएको दावी गरे। प्रधानमन्त्री देउवाले भने, ‘यो सबै मिलेर बसेको देश हो, तर एमालेकै कारणले अहिले देशमा फाटो आएको छ ।’

प्रधानमन्त्री देउवाले यसैकारणले अबको चुनावमा एमालेलाई सबैले मिलेर पाखा लगाउनुपर्ने वताउनुहुदै विकास र अन्य कामको लागि नेपाली काँग्रेसलाई मतदान गर्न समेत आग्रह गरे ।

हालैको बाढीले मधेशलाई डुवानमा पारेको बताउँदै प्रधानमन्त्री देउवाले डुवान र बाढी नियन्त्रणको लागि भारत सरकारसंग कुराकानी भइसकेको जानकारी गराए। उनले बाढी नियन्त्रणको लागि बाँध निर्माणको लागि संयुक्त टिम बनिसकेको जानकारी गराउँदै नेपाली काँग्रेसले सदाको लागि डुवान र बाढीलाई अन्त्य गर्ने विश्वास दिलाए।

नेपाली काँग्रेस सधै मालिक जनता भएकोमा विश्वास व्यक्त गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले जनतालाई अधिकारसम्पन्न बनाउन काँग्रेसले कुनै कसर बाँकी नराख्ने दावी समेत गरे।सोही चुनावी सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले राजनीतिक अस्थिरताको कारणले देशमा विकास नभएको बताउनुहुदै काँग्रेसको बहुमत आयो भने विकास आउने दावी गरे।

त्यसैगरी महमहामन्त्री डा.शशांक कोइरालाले मधेशीलाई अधिकारसम्पन्न बनाउने तथा समृद्ध राज्य बनाउने गरी दुईवटा एजेण्डा मात्रै अहिले काँग्रेससँग भएको बताउँदै नेपाल र मधेश बनाउने पार्टी काँग्रेस मात्रै भएको बताए ।

चुनावी सभामा काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, प्रदिप गिरी, बालकृष्ण खाँड, गगन थापा, कल्याण गुरुङ्गलगायतका नेताहरुले मन्तव्य राखेका थिए। जिल्ला सभापति महेन्द्रकुमार रायको सभापतित्वमा भएको कार्यक्रममा बर्दिबासका काँग्रेसका प्रत्यासी प्रहलाद क्षेत्री, नेता चिरंजीवी हमालले पनि मन्तव्य राखेका थिए।

महोत्तरी काँग्रेसले गर्यो दर्जनलाई कार्वाही
स्थानीय तह चुनावमा पार्टीविरुद्ध आचरण गरेको आरोपसहित दर्जन कार्यकर्तालाई महोत्तरी कांग्रेसले कारबाहीको सिफारिस गरको छ । कारबाहीको सिफारिस गरिएकामा महाधिवेशन प्रतिनिधिदेखि क्रियाशील कार्यकर्तासमेत छन् । 

कारबाहीको सिफारिस गरिएकाम महाधिवेशन प्रतिनिधिद्वय महेन्द्र यादव र महेन्द्रकुमार राय छन् । यादवले मनरा सिसवा र रायले औरही नगरपालिकाका पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रमुख पदमा उम्मेदवारी दिएकाले कारबाही सिफारिस गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ