arrow

महोत्तरीका नाका सञ्चालनमा

भिट्ठामोड र मटिहानीमा आन्दोलनकारी धर्ना बस्न छाडेपछि अब दुवै नाका निर्वाधरुपमा सञ्चालनमा आएका हुन् ।

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
mahottari.jpg.jpeg
गौशाला । विगत पाँच महिनादेखि बन्द रहेका महोत्तरीका भारतीय सीमा नाका सञ्चालनमा आएका छन् । जिल्लाको मूल नाका भिट्ठामोड र मटिहानीमा आन्दोलनकारी धर्ना बस्न छाडेपछि अब दुवै नाका निर्वाधरुपमा सञ्चालनमा आएका हुन् । 

शनिबार राति भिट्ठामोड सीमा नाकाबाट लाखौँ रुपैयाँको चलखेल गरी मोर्चाका नेताले एकैसाथ छवटा ट्रक पास गराएपछि कार्यकर्ताहरु रिसाएर सीमा नाका छाडेदेखि ती नाका सुनसान भएका छन् । मोर्चाका नेताले मधेसी जनता, मधेस आन्दोलन र आन्दोलनकारीको भावनासँग खेलवाड गरेको भन्दै कार्यकर्ताहरु नाकामा बस्न छाडेका छन् भने अब ती दुवै नाकाबाट निर्वाधरुपमा मालसामान नेपाल भित्रिन थालेका छन् । 
 
एक÷दुई दिन राति राति मात्रै भारतीय सामान आउने गरेकामा अहिले दिउँसै दर्जनौँ ट्र्याक्टरमा मालसामान नेपाल भित्रिन थालेका छन् । सयौँको सङ्ख्यामा रातदिन महोत्तरीका भिट्ठामोड, मटिहानी र सम्सीमा धर्ना बस्दै आएका आन्दोलनकारी कार्यकर्ताहरु सीमा नाकामा बस्न छाडेपछि महोत्तरीमा मधेस आन्दोलन शिथिल भएको देखिन्छ । 

जिल्लाका सबै हाट, बजार, कलकारखाना, उद्योगधन्दा, स्कुल कलेज सबै पूर्णरुपमा सञ्चालनमा आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ