arrow

ओली राष्ट्रवादले देश चल्दैन : नेता गिरि

logo
बद्री नारायण यादव
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
pradip_giri-1.jpg

सिरहा । ओली राष्ट्रवादले देश नचल्ने नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदिप गिरिले बताएका छन् । सिरहा नगरपालिकाको चुनावी सभामा नेता गिरिले यस्तो बताएका हुन् । उनले ओलीप्रति संकेत गर्दै भने 'मधेश जलिरहेको थियो । अधिकारवादी आन्दोलन चलिरहेको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनकारीलाई लक्षित गर्दै भने, ‘ए, समथर चाहिएको छ, बिहार गए हुन्छ । संविधान संशोधन चाहिएयो भने लखनउ गए हुन्छ रुखबाट दुई÷चार आँप झर्दैमा केही फरक नपर्ने ।’ उनले काँग्रेस उत्तेजक र मनस्थिति भड्काउने कुरा नगरेर सबैलाई मिलाएर अगाडि बढ्ने पार्टी हो ।'  

दसगजाको भुमीमा हिन्दुस्तान क्षेत्रबाट केही भयो भने मधेशी र उत्तरी सिमा चीनतिरबाट कुनै बितण्डा भयो भने हिमालीले खबरदारी गर्छ उनले भने, ‘देशका लागि रक्षाकवचको रुपमा रहेका मधेशीलाई दोश्रो दर्जाको नागरिक भन्नु र हिमाली भेगमा अर्को नारा दिनु उचित छैन् ।’ उनका अनुसार दोधारे कुरा गरेर देशका जनताले शान्ति पाउछ भने सोच गलत हो शान्तिको साटो सास्ती मात्र पाउने छन् । 

काँग्रेस सबैलाई मिलाएर देश चलाउन चाहिरहेका छन् । कसैसँग निहुँ खोजिरहेको छैन्, उनले भने, ‘आर्थिक र आधुनिक दृष्टिले अगाडि बढिरहेका चीन र भारतसँग निहुँ खोजेर देशलाई फाइदा छैन् । पाएको सहयोगलाई सदुपयोग गर्दै आफ्नो खुट्टामा उभ्ने प्रयास गर्नुपर्छ ।’ ओली कहिले भारत त कहिले मधेशीलाई गाली गर्दै आफुलाई राष्ट्रवादीता प्रदर्शित गर्नु देशका लागि राम्रो संकेत नभएको उनले बताए । 

आफ्नै देशका नागरिकमाथि जबरजस्ती शंका गर्नु, गिज्याउनु र बिहारी भन्नु कस्तो राष्ट्रवाद हो ? उनले भने,‘यस्तो दोधारे राष्ट्रवाद काँग्रेसको सामु चल्दैन । काँग्रेस हिमाली, पहाडी र मधेशी सबैलाई मिलाएर चल्न चाहन्छ ।’ राष्ट्रियता कसैको बिरता नभएको प्रष्ट पार्दै भने,‘कसैले भन्दैमा मधेशी बिहारी र दोश्रो दर्जाको नागरिक बन्दैन् । छैन् पनि । गर्वसँग आफु मधेशी छु भन्नुस।’ देशलाई बनाउन जिम्मेवारी जति खोटाङ्गबासीको छ उत्तिकै सिरहाबासीको पनि । काँग्रेसको दृष्टिमा सबै भेगका नागरिक समान हो । समान व्यवहार गरेर अगाडि बढिरहेका छन् । 

ओली राष्ट्रवादलाई निरुत्साह गर्न र देशका सबै नागरिकको मन छुने अवधारणा लिएर काँग्रेस अगाडि बढेको प्रष्ट पार्दै उनले भने, ‘यस पल्ट काँग्रेसलाई मतदान गर्न हामी चुक्यौ भने पच्चिस वर्ष झुल्नुपर्छ त्यसैले काँग्रेसलाई बहुमतको सरकार बनाउने जनमत स्थानीयदेखि केन्द्रसम्म दिनुस देशको चौतर्फी विकास निश्चय छ ।’

मधेशवादी पार्टीलाई इंकित गर्दै उनले भने, ‘स्थापना दिवस पनि मनाउन नपाउँदै टुक्रा हुने पार्टी जनताको हितमा काम गर्छु भन्नु सपना मात्र हुनेछ ।’ काग्रेस चरणबद्ध रुपमा लड्दै हार्दै अघि बढेर अनुभवी भइसकेको हुँदा जनताको चौतर्फी विकासका लागि अग्र स्थानमा रह्ने उनको भनाई छ । एक नम्बरको पार्टी मात्र हैन बहुमतको पार्टी काँग्रेसलाई बनाउन आग्रह गर्दै उनले भने,‘२००७ सालको क्रान्ति, २०६२÷०६३ को जनआन्दोलनसँगै देशमा परिवर्तनकारी अन्य आन्दोनलन नेतृत्व काँग्रेसले गरेको छ ।’ देश कठिन मोडमा रहेको हुँदा अहिले पनि काँग्रेसको आवश्यकता रहेको उनले औल्याए । 

माओवादीले यो गर्छु त्यो गर्छु भनेर ठुलो कुरा गर्ने पार्टीको कुनै माग काँग्रेस बिना अगाडि नबढेको उनले ठोकुवा गरे । एमालेको विरोधले संविधान संशोधन नहुनु ठुलो कुरा नभएको उपमा दिँदै उनले भने, ‘गुर (सख्खर) दिन नसक्नेले गुर जस्तो मिठो बोली पनि बोल्नुपथ्यो । त्यो पनि नगरेर मधेशीको अपमान हुने गरी उखान टुक्का राखी रह्यो, ओली ।’ मधेशको सवालमा काँग्रेसका मधेश भेगका नेताहरुले आवाज उठाए । ‘आफु पनि संसद बहिस्कार गरे । मधेशको माग पुरा नभए यो संविधान नचल्न पनि सक्छ, मैले भने’, उनको भनाई छ । 

काँग्रेसले पूर्ण बहुमत पायो भने मधेशका सबै माग पुरा गर्छ । भाषा, संस्कृतिक र नागरिकता लगायतका सबै खाले माग काँग्रेसले पुरा गर्ने उनले प्रष्ट पारे । मधेशको जनतालाई शासकहरुले अन्धो बनाइदिएको छ । उपमा दिँदै उनले भने,‘अन्धोलाई घ्यू सधै एकजनाले भन्थ्यो तर अन्धोले भन्यो कि कड् कडाएपछि मात्र घ्यू परेको बुझ्छु ।’ मधेशी जनता त्यस्तै भएको छ । काम भएको पनि छ तर अझ धेरै गर्न बाँकी छ हिन्दीको भनाईलाई उद्धृत गर्दै भने,‘अभी तो अंग्राई हाई आगे और लडाई हाई ।’ 

स्थानीय तहसँगै प्रदेश र केन्द्रको निर्वाचनमा बहुमत प्राप्त गरेर जनअपेक्षा अनुसार विकास, शान्ति र व्यवस्थापन देशमा ल्याउने सोचका साथ काँग्रेस अगाडि बढिरहेको उनले प्रट्याए । देशमा हरेक परिवर्तनकारी अवस्थाको नेतृत्व काँग्रेसले गरेको इतिहास साक्षी रहेको र यस पल्ट पनि काँग्रेसले नयाँ मोडको चुनौतीलाई सामना गर्दै हिमाली, पहाडी र मधेशी उत्पीडनमा परेका सबैको अधिकारका लागि तयार रहेको हुँदा निर्धकताका साथ काँग्रेसमा मतदान गर्न उनले सबैसँग आग्रह गरे । 

महाभारतको दृष्टान्त प्रस्तुत गर्दै उनले भने,‘गन्दर्भलाई युधीष्ठीरसहित पञ्च पाण्डवले दण्डीत गरेर कौरव दललाई भन्यो, अब बुझ हामी भाई भाई छौं आपसमा लडछौ तर बाहिरी दुनियाँको लागि    हामी एक सय मात्र नभएर एक सय पाँच भाई हौं ।’ अहिले काँग्रेसी नेता तथा कार्यकर्ताले त्यही दृष्टान्तलाई प्रयोग गर्नुपर्ने उनले बताए । एउटा टिकट हुन्छ एक जनाले मात्र पाउने हो त्यसका लागि पहिला जति जे गरे ग¥यौ त्यो ठिक छ तर पार्टीको चिन्हलाई हेरेर सबैले मतदान गर्नुपर्ने उनले धारणा राखे । काँग्रेसी नेता तथा कार्यकर्ता यो कुरालाई बिर्सने हो भने पछुताउने वाहेक कुनै उपलब्धी नहुने उनले ठोकुवा समेत गरे । 

अहिले आपसमा लड्ने समय छैन् । त्यो समय गइसक्यो अहिलेको बेलामा काँग्रेसीहरु मिलेर एमाले, फोरम र राजपा जो मधेशी जनतालाई दुबिधामा राखेर राजनीतिक गर्न खोजिरहेका छन् तीनिहरुसँग चुनावी संघर्ष गर्नुपर्ने बेला आएको सबैलाई उनले सचेत गराए । माओवादीसँग चुनावी तालमेल भएको भन्दै तर सिरहा नगरपालिका काँग्रेसको भागमा परेको हुँदा पार्टीका उम्मेदवार डा.सुभाषचन्द्र यादवसहित सम्पूर्ण सदस्यलाई मतदान गरेर स्थानीय सरकारको नेतृत्व दिन मतदातासँग  उनले आग्रह गरे । 

सिके राउत, जयकृष्ण गोइत जस्ता केही नेताहरुले मधेश अलग देश हो भन्दै कुरा गरिरहेको छ । यसमा मेरो कुनै आपति छैन् । न समर्थन पनि । अन्य देशहरु टुक्रिएका छन् किन टुक्रिएको भन्ने अध्ययन गर्नुपर्छ । नेपालमा दुराव, छिपाउ छैन हामीसबै मिलेर बसेका छौ । मिलेर बस्नुपर्छ । यहाँ कोही थिएन् सबै अन्य अन्य ठाउँबाट आएको छ । यहाँ मान्छे नहुँदा खेती गर्नका लागि बाहिरैबाट ल्याएका छन् । सबै नेपाली हो आएका केही समस्यालाई सामाधान गर्नुपर्छ । नेपाली काँग्रेस समाधान खोजिरहेका छन् । पृथकतावादीको अवस्था छैन श्रीलंकाको घटनाक्रमले देखाइसकेको छ । देशका कुनै नागरिक र समुदायलाई होच्याउनु राम्रो कुरा छैन् । होच्याउने काम गर्नु हुँदैन् । कसैले भन्दैमा मधेश बिदेशी हुने बाला छैन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ