arrow

मझगाउँ विमानस्थल पुनः संचालन गर्न प्रधानमन्त्रीलाई ज्ञापन

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
sher-bahadur-deuba.jpg.jpeg

कञ्चनपुर । कञ्चनपुरको मझागाउँ विमान स्थल पुनः संचालनको माग राख्दै दवाव समुह आन्दोलन परिचालन समितिले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो । पुन संचालनको माग राख्दै महेन्द्रनगर बजारमा जम्मा भएका सयौँको संख्यामा आएका नागरिकले पुन संचालनको माग राखेका छन् ।

लामो समयदेखि विमान संचालन हुन नसक्दा समग्र ७ नम्बर प्रदेश लगायत कञ्चनपुरको आर्थिक गतिबिधीमा बाधा उत्पन्न भएको जनाउदै समितिले असोज भित्र नीतिगत र कार्तिक पहिलो साता भित्र संचालनका लागि घोषणा गर्नु माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले स्थानीयको माग जस्ताको त्यस्तै प्रधानमन्त्री कार्यालय बुझाउने बताए । समितिले भने पुनः संचालनमा सरकारले चासो नदेखाए पुनः आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ