arrow

लण्डनको भूमिगत रेलमा विष्फोट : २२ जना घाइते

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
london-train.jpg

लण्डन । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ ।  यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए ।

प्रहरीले घटनालाई ‘आतङ्कवादी घटना’ भनेको छ ।  “पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा बिहान ८:२० बजे रेलमा सुतली वम विस्पोट गराइएको छ,” प्रहरीको प्रतिआतङ्कवाद प्रमुख मार्क रोलेले भने ।
 
ट्वीटर प्रयोगकर्ता ऋग्सले रेलभित्र रहेको एउटा सेतो बाल्टिन विस्पोटका कारण पग्लिएको अवस्थाको तस्वीर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्, “पारसन्स ग्रीन डिस्ट्रिक्ट लाइनको रेलमा विस्पोट भएको छ ।”

“आगोसहितको बल रेलभित्र फालिएपछि हामी ढोकाबाट बाहिर हामफाल्र्यौँ,” उनले बताए ।  राष्ट्रिय स्वास्थ्य सेवा विभागले घटनामा १८ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको छ ।
 
रोलेका अनुसार अस्पताल पुगेका प्राय घाइतेको आगोको ज्वालाले डढेका शरीरका अङ्को उपचार भइरहेको बताए  । लण्डनको एम १५ गुप्तचर सेवाका अधिकारीलेले अनुसन्धान अघि बढाएको छ ।

बेलायतकी प्रधानमन्त्री टेरेजा मेले आफू घाइतेको पीडामा दुःख बाँड्न चाहेको भन्दै घटना पश्चात मन्त्रीपरिषद्को बैठक बोलाएकी छन् ।
शसस्त्र प्रहरी र तालिमप्राप्त कुकुरहरू रेलभित्र र रेल स्टेसन वरपरका आवासीय क्षेत्रमा घुमिरहेका देखिएको स्थानीयले बताएका छन् । घटनास्थल यो समाचार तयार पार्ने समयसम्म सुरक्षा घेराभित्र राखिएको छ । रेल स्टेशन वन्द भएको छ ।

स्थानीय बासिन्दा तथा व्यवसायीहरूले यात्रुहरूलाई पानी, चिया र नास्ता साथै अन्य सहयोगका लागि बन्दोबस्ती मिलाएका देखिन्छ ।

स्थानीय चार्ली क्राभेनले आफू विष्फोटका समयमा रेल नजिकै भएको बताउँदै भने रेलभित्र ठूलो आवाजसहित विष्फोटक पदार्थ पड्केको बताए । उनले भने, “विष्फोटपछि सबैभन्दा पहिले मैले कुनै सिनेमामा देखिने जस्तै सुन्तला रङ्गको आगोको लप्का रेलको डिब्बा बाहिर निस्केको देखैँ ।”

बेलायतमा मार्चपछि विगत छ महिना यता भएका यो पाँचौँ आतंकवादी आक्रमण हो ।  लण्डनका नगर प्रमुख सादिक खानले घटनाबाट नआत्तिन आग्रह गरेका छन् । उनले नगरवासीलाई ‘शान्त तथा सचेत रहन’ अपिल गरेका छन्  ।

उनले शुक्रबार एक विज्ञप्ति जारी गरी भने, “हामी आतंकवादसँग कहिल्यै नडराउने वा नहार्ने जानकारी गराउन चाहन्छौँ । यो लण्डनले पटक पटक प्रमाणित गरिसकेको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण ‘पराजित आतंकवादी’द्वारा गरिएको पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिएका छन् ।  

“स्कटल्याण्ड यार्डका भेटिने यि विक्षिप्त प्राणी हुन् । यिनीहरू विरुद्ध थप सक्रिय बन्नुपर्छ,” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमा लेखेका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ