arrow

सिंगो गाउँपालिकाको जनसंख्या मात्र ५३८ 

logo
प्रकाशित २०७४ असोज २ सोमबार
gaupalika.jpg

काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये मनाङको नारफू गाउँपालिकामा सबैभन्दा कम जनसंख्या र काठमाडौंको महानगरपालिकामा सबैभन्दा बढी जनसंख्या छ ।

स्थानीय विकास मन्त्रालयका अनुसार, नारफूको जनसंख्या ५ सय ३८ छ भने काठमाडौं महानगरपालिकामा यो संख्या ९ लाख ७५ हजार ४ सय ५३ छ ।

४ सय ७३ गाउँपालिकामध्ये ५७ वटामा १० हजारभन्दा कम जनसंख्या छ । यसैगरी २० हजारसम्म जनसंख्या रहेका गाउँपालिकाको संख्या २ सय २७ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो अभिलेखअनुसार ५० हजारभन्दा बढी जनसंख्या भएका गाउँपालिका ४ वटा छन् । कम जनसंख्या भएका धेरै गाउँपालिका मनाङ, मुस्ताङ र डोल्पामा छन् । 

नारफूपछि दोस्रो कम जनसंख्या भएको गाउँपालिका मनाङको चामे हो । यहाँको जनसंख्या १ हजार १ सय १९ छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ