arrow

सुस्त गतिमै काँग्रेस : उम्मेदवारको मापदण्ड बनाउन गठित कार्यदल बैठक बस्न सकेन

सार्वजनिक रूपमा नेतालाई गाली गर्नेलाई टिकट नदिने

logo
प्रकाशित २०७४ असोज २ सोमबार
congress.jpg.jpeg

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको मापदण्ड बनाउन कार्यदल बनाएको काँग्रेसको छलफल सरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बनाएको कार्यदल बैठक सोमबार बस्न सकेन । उम्मेदवार सिफारिसका लागि मापदण्ड बनाउनेसहितका कार्य गर्न कार्यदल गठन गरिएको छ ।

कार्यदलमा केन्द्रीय सदस्यहरू पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, मिनेन्द्र रिजाल,  प्रकाशरण महत र दिलेन्द्रप्रसाद बडू सदस्य छन् ।

कार्यदलका मूख्य जिम्मेवार सदस्यहरु नआएपछि बैठक बस्न सकेन । मंगलबार संविधान दिवस परेको छ । मंगलबारै संसद बोलाइएकाले विहान कार्यदलको बैठक बस्ने सक्ने सम्भावना छ । पार्टी केन्द्रीय कार्यालयका मूख्य सचिव कृष्ण पौडेलले मंगलबार बैठक बस्ने सक्ने बताए । उद्यपि, उनले के हुन्छ भन्ने टुंगो नभएको पनि बताए ।

प्रत्येक जिल्ला जिल्लाबाट उम्मेदवारको सिफारिस आएपछि मात्र काँग्रेसले संसदीय बोर्ड गठन गर्ने बताइएको छ । संसदीय बोर्डमा पार्टीका पदाधिकारीसहित १४ सदस्य रहने छन् ।

यस्तै, काँग्रेसले सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, पार्टीको विधि, विधान र पद्दतिका विषयमा आलोचन गर्ने व्यक्तिलाई उम्मेदवार नबनाउने रणनीति लिएको छ ।

आइतबारको कार्यसम्पादन समिति बैठकमा नेता कार्यकर्ताबाट जथाभावी बोल्ने र नेतृत्वलाई खुइलाउने प्रवृत्ति बढेको भन्दै कठोर अनुशासनको पक्षमा निर्णय लिने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १५ असोज भित्रै उम्मेदवार सिफारिस गर्न काँग्रेसले जिल्ला कार्यसमितिलाई चिठ्ठी पठाईसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ