- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयको प्रेस सल्लाहकारमा सिबी खड्का नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । सिन्धुपाल्चोक, साविक कालिका गाविसमा २०३२ सालमा जन्मिएका खड्का २० वर्षदेखि नेपालको पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
‘तरुण’ साप्ताहिक, ‘गतिविधि’ साप्ताहिकलगायतमा संलग्न खड्काले यसअघि ऊर्जा, भौतिक तथा पूर्वाधार एवं सहरी विकास मन्त्रायमा समेत सञ्चार सल्लाहकारका रुपमा कार्यसम्पादन गरिसकेका छन् । खड्का समाजशास्त्र विषयमा स्नातकोत्तर हुन् ।