arrow

ओली भन्छन् –देशमा राष्ट्रिय एकता आवश्यक छ

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
KP-oli-naya-news.jpeg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी गरेको संविधानले सार्वभौमसत्ता र स्वाधीनता प्रकट गरेको बताएका छन् । 

संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गर्दै भविष्यको विकास र समृद्धिका लागि स्पष्ट मार्गदर्शन गरेको छ भन्दै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा स्थानीय निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।  

पूर्वप्रधानमन्त्री ओलीले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरी निर्वाचन भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न राजनीतिक स्थायित्व हासिल गर्दै अघि बढ्नेमा केन्द्रित हुन सबैमा आग्रह गर्दै यतिबेला देशलाई राष्ट्रिय एकताको आवश्यकता परेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ