arrow

जथाभावी खोटो निकालेपछि सल्लो मासिँदै

logo
गोपाल पोखरेल,
प्रकाशित २०७४ असोज ५ बिहिबार
sallo-sukdai.png

उदयपुर। उदयपुर जिल्लाको पहाडी क्षेत्रमा रहेको सल्लोको जंगल मसिँदै गएको छ। वन विभागले जिल्ला वन कार्यालयलाई समेत बेवास्ता गर्दै पर्याप्त अध्ययन, अनुमगन र प्रतिस्पर्धा नै नगरी खोटो संकलन गर्न सिधै अनुमति दिँदै आएका कारण सल्लोको जंगल मासिदै गएको हो।

उदयपुरमा खोटो संकलन गर्नका लागि दिव्य रोजीन एण्ड टारपेनटाइन इटहरीले वन विभागसंग ७ बर्षको सम्झौता गरेको छ। विभागसंग सम्झैता अनुसार दिव्य रोजीनले रौतामाई गाउ“पालिकाको लाफागा“उ, पोखरी, भुट्टार लगायत क्षेत्रका समुदायिक वनबाट खोटो संकलन गरिरहेको छ। खोटो संकलन दुर्गम क्षेत्रमा हुने र विभागसंगै सम्झौता भएकोेले सेक्टर र इलाका वन कार्यालयले प्रभावकारी अनुगमन नगर्ने परिपाटी छ। कम्पनीले सम्झौता विपरित जथाभावी काटेर खोटो निकालेका कारण सल्लोको रुख सुकेर जान थालेको स्थानीय बताउँछन्।

“खोटो दक्ष कामदारलेमात्रै संकलन गर्नु पर्ने हो” रौतामाई गाउँपालिका ५ की आशा राईले भनिन्,“तर यहा“ हचुवाको भरमा दक्षता हासिलै नगरेका कामदारले जथाभावी खोटो झिक्ने काम गरिरहेका छन्।” संकलन सम्वन्धि ज्ञानै नभएका समान्य मजदुर खटाएर जथाभावी तरिकाले खोटो झिक्ने गरिएको उनको भनाई छ। 

“जथाभावी खोटो निकालेका कारण अधिकाँस सल्लाका रुख सुक्न थालेका छन्” रौलामाईकै भुपेन्द्र थापाले भने,“दिव्य रोजीन एण्ड टारपेनटाइनले वन विभागसंग सम्झौता गरेको बहाना देखाएर वन कार्यालयले प्रभावकारी अनुगमन नगर्दा रुख सखाप हुने स्थितिमा पुगेका छन्।” दिव्य रोजीनले रौतामाई गाउँपालिकाको लाफा गाउँ, पोखरी, भुट्टार लगायत क्षेत्रका दर्जन बढी समुदायिक वनबाट खोटो संकलन गरिरहेको उनले बताए।

खोटो संकलन दुर्गम क्षेत्रमा हुने र विभागसंगै सम्झौता भएकोले सेक्टर र इलाका वन कार्यालयले प्रभावकारी अनुगमन नगर्दा सम्झौता वमोजिम संकलनको काम पनि नभएको स्थानीयले वताउँछन्। वन विभाग र जिल्ला वन कार्यालयविच समन्वय हुन नसक्दा सल्लोको संरक्षण गर्न थप समस्या भएको उनीहरुको दावी छ।

 “खोटो निकाल्ने कम्पनीले विभागबाट सोझै खोटो संकलन अनुमति लिएर काम गर्ने गर्दो रहेछ”रौतामाई ४ पोखरीका हेम खड्काले भने,“ विभागले संकलन अनुमति दिने र अनुगमन जिल्लाले गर्नु पर्ने हुँदा एक आपसमा तालमेल हुन सकेको देखिँदैन।” एउटा रुखमा एक ठाउ“बाट मात्रै खोटो निकाल्नु पर्ने भएपनि जहाँ पायो त्यहाँ र जति पायो त्यति काटेर खोटो निकाल्ने गरिएको उनको भनाई छ।

सरकारले जारी गरेको खोटो संकलन निर्देशिकामा खोटो संकलन गर्दा कम्तिमा ३० सेन्टिमिटर व्यास भएको रुखको १ मिटर ३० सेन्टिमिटर उचाई भन्दा माथिबाट मात्रै खोटो संकलन गर्न सकिने उल्लेख छ। तर यहा“ निर्देशिका विपरित एउटै रुखलाई दुई तीन ठाउ“मा काटेर खोटो झिक्ने गरिएको छ। छोटो समयमै बढी खोटो संकलन गर्ने र बढी मुनाफा कमाउने ठेकेदारको तीव्र आकांक्षाले सल्लोको रुखमा अत्याधिक नाइटिक एसिड प्रयोग गर्ने गरिएको पाइएको छ। जसले गर्दा खोटो निस्किने प्रक्रिया संगै सल्लोको रुख पनि सुक्दै जाने स्थानीय बताउँछन्। 

जिल्ला वन कार्यालयका सूचना अधिकृत लालबाबु यादवले वन विभागले सोझै ठेक्का सम्झौता गरेर विना प्रतिस्पर्धा एउटा कम्पनीलाई लामो समयसम्म खोटो संकलन गर्न दिने परिपाटीले राजश्व संकलनमा समेत असर परेको बताए।“ विना प्रतिस्पर्धा लामो समयसम्मका लागि सम्झौता हुनु नहुने हो, तर हामीले के गर्ने ?” उनले भने,“ सल्लोका रुख सुकेको गुनासो प्राप्त भएपछि वन कार्यालयले दुई जना सहायक वन अधिकृतलाई अनुगमन गरी रिपोर्ट पेश गर्न खटाएको छ।” सोही रिपोर्टका आधारमा कारबाही अगाडि बढाउँने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ