arrow

सात घण्टासम्म वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भएन, विरोध सुरु 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
birjung_mahanagarpalika.png

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा पछिल्लो सात घण्टादेखि मत परिणाम सार्वजनिक गरिएको छैन । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बुधबारसम्म १९ हजार भन्दा बढी मत गनिएको भएपनि सात घण्टासम्म मतपरिणाम सार्वजनिक नभएपछि सबै दलहरु अहिले रुष्ट भएका छन् । 

केहीबेरअघि नेपाली काँग्रेसले ३० नं वडामा विजयी भएका उम्मेदवारको विषयलाई लिएर पत्रकार सम्मेलन गरिसकेको छ । उसले पनि सात घण्टासम्म मत परिणाम सार्वजनिक नहुनु दुखद् रहेको बताएको छ । 

११ हजार मत गन्दा सार्वजनिक भएको मत परिणाम त्यसपछि १९ हजार मत गनिसक्दासम्म पनि सार्वजनिक नगरीएपछि निर्वाचन अधिकृतको कार्यालयमाथि समेत यावत शंका उपशंका गर्न थालिएको छ । 

त्यस्तै, राजपाका जिल्ला नेता प्रेमबाबु पटेलले पनि लामो समयसम्म मत परिणाम सार्वजनिक नगरिएकोमा असन्तुष्टि पोखे । सात घण्टासम्म परिणाम सार्वजनिक नहुँदा मत गणनाप्रति नै आफूहरुले आशंका गर्न थालेको उनले प्रतिक्रिया दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ