arrow

बाराको आदर्श गाउँपालिकामा २९ घण्टादेखि मतगणना रोकियो, केही गरेपनि मिलेन कुरो

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार

काठमाडौं । बाराको आदर्श कोटवाल गाउँपालिकामा विगत २९ घण्टादेखि मतगणना कार्य रोकिएको छ । गाउँपालिकाको वडा नं ४ को मत परिणाम सार्वजनिक गर्ने बेलामा काँग्रेसले मतपरिणामप्रति असन्तुष्टि जनाएपछि रोकिएको मतगणना कार्य २९ घण्टासम्म पनि सुचारु हुन नसकेको निर्वाचन अधिकारी मोहन सुवेदीले जानकारी दिए । 

उनका अनुसार ४ नं वडाको मत गणना कार्य जारी रहँदा सबै दलका प्रतिनिधिहरुले आ–आफ्नो दलले पाएको मत आफैंले लेखि राखेका थिए । सोही समयमा वडाका वडाध्यक्षमा फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेकाको मत गन्दा निर्वाचन अधिकृतको र दलका प्रतिनिधिको नम्बरमा १० मतको अन्तर आएको थियो । सबै दलले लेखेको नम्बरभन्दा निर्वाचन अधिकृतको कार्यालयको तथ्यांकमा १० नम्बर बढी देखिएपछि काँग्रेसले धाँधली गरेर चुनाव जिताउन खोजेको भन्दै विरोध सुरु गरेको थियो । 

त्यही विषयले उग्ररुप लिँदा काँग्रेसले सो विषयमा उजुरी दिएको छ । २९ घण्टाको बीचमा पटकपटक सहमति गर्न खोजिएको पनि हो तर सहमति जुट्न नसकेको निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए । यसको यकीन निर्णयको माग गरी उजुरी निर्वाचन आयोगमा पठाएका छन् । अब शुक्रबार निर्वाचन आयोगले निर्णय गरिसकेपछि मात्रै यसको विषयमा थप कार्य अगाडि बढाईने उनले जानकारी दिए । 

कूल १० हजार १ सय १३ मत खसेको सो गाउँपालिकाको १,२,३ र ४ वडाको मत परिणाम आईसकेको छ । ४ नं वडाको यही मत परिणाम सार्वजनिक गर्ने क्रममा विवाद भएको हो । अहिलेसम्म कूल ४५ सय मत गनिएको सुवेदीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ