arrow

स्थानीय तहका लागि ५०० गाडी किन्ने तयारी

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
car.jpeg

काठमाडौं । स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । 

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौं कमिसनको खेल रेहेको स्रोतको दाबी छ ।

मन्त्रालयको गृहकार्यअनुसार केन्द्रबाट एकैपटक करिब ५ सय गाडी किनिनेछन् । सहसचिव सुरेशराज अधिकारीको नेतृत्वको कार्यदलले त्यसमा गृहकार्य गरिरहेको छ । 

कार्यदलले अहिले सडक सञ्जालसँग जोडिएका सबै स्थानीय तह र ती तहसँग भएका सवारीसाधनको विवरण संकलन गरिरहेको छ ।

सबै स्थानीय तहका लागि केन्द्रबाट एकमुष्ट गाडी किन्दा आउने करोडौं कमिसनमा गच्छदारले आँखा लगाएको स्रोत बताउँछ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ