arrow

धनगढीमाईमा माओवादी सखुवानन्कारकट्टीमा एमाले विजयी

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
siraha1.png

लहान। सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन्। हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन‍्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले पाँच हजार ६१३ मत प्राप्त गरी विजयी भएकिछिन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै बिमलादेवी साह सोनारले चार हजार १०२ मत प्राप्त गरे।

सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी
त्यसै सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन्। केदारनाथ यादवले तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गरे।

उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गरे। यो सँगै एमालेले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्रले अहिलेसम्म सिरहाको पाँच स्थानीय तहमा विजयी भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ