arrow

चर्चाका तीन उपमहानगर : दुईमा एमाले र एउटामा राजपाकै अग्रता

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
Election_-Box1.jpeg

काठमाडौं । प्रदेश २ मा बहुचर्चामा रहेका तीन उपमहानगरपालिकाको मतगणना जारी छ । बाराको कलैया र जितपुर सिमरा दुवै उपमहानगरमा एमाले अगाडि छ ।

कलैयामा एमालेका मेयर उम्मेदवार विनोद साहले ५ हजार २ सय ४६, संघीय समाजवादी फोरमका प्रमोद गुप्ताले ४ हजार ८ सय ३० र काँग्रेसका राजेशराय यादवले ४ हजार २ सय ४६ मत प्राप्त गरेका छन् ।

यस्तै, जितपुर सिमरा उपमहानगरमा एमालेका मेयर उम्मेदवार कृष्ण पौडेलले १२ हजार ८ सय ७२, काँग्रेसका कृष्णवरत सिंहले १० हजार ६ सय ६५ र माओवादी केन्द्रका राजन पौडेलले १० हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

उता, धनुषाको जनकपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणाममा राजपा नेपालको अग्रता कायमै छ । राजपाका मेयर उम्मेदवार लालकिशोर साहले १६ हजार २८ मत ल्याएका छन् ।

काँग्रेसका मेयर उम्मेदवार मनोज साहले ७ हजार ९५ र एमालेका मेयर  उम्मेदवार लक्ष्मीनारायण भगतले २ हजार ६ सय ९८  मत प्राप्त गरेका छन् । 

यस्तै, उपमेयरमा राजपा नेपालकी उम्मेदवार रीता झाले १२ हजार २ सय ७७ र काँग्रेसका तर्फबाट उपमेयर उम्मेदवार लिलम कर्ण ६ हजार ७ सय ४ मत ल्याएका छन् ।  त्यस्तै एमाले उम्मेदवार पुनम मिश्र २ हजार ७ सय ४७ मत ल्याएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ