arrow

गुल्मीको अवरुद्ध दहरेखोला सडकखण्ड खुल्यो

logo
कोरव खत्री,
प्रकाशित २०७४ असोज ७ शनिबार
poto.jpg

गुल्मी । गुल्मीको रिडि रुद्रवेणी वामीटक्सार अन्तर्गतको सडकखण्ड शुक्रबार साँझबाट खुलेको छ  । सत्यवति  गाँउपालिका ६ को उर्लिखोलामा अविरल बर्षाका कारण दहरेखोलाले झण्डै ३० मिटर  सडकखण्ड बगाएर अवरुद्ध बनेको मोटरवाटो शुक्रबार  दिनभर डोजर लगाएर बाटो निर्माण गरेपछि साँझबाट सडकखण्ड सुचारु गरिएको सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

जिल्लाको अति व्यस्त मानिने सडक खण्ड दुई दिनदेखि अवरुद्ध भएपछि वीच बाटोमै अलपत्र परेका गुल्मी तथा मध्यपहाडी अन्तर्गतको बाग्लुङ्गका विभिन्न स्थानसम्म पुग्ने सवारी साधनहरु बस,जीप,ट्रक लगायत हजारौ यात्रुहरु मोटरबाटो खुलेपछि हिजो साझँदेखि नै  आ–आफ्ना गन्तव्यमा लागेका थिए ।

जिल्लाको अति व्यस्त मानिने रिडि रुद्रवेणी वामीटक्सार अन्तर्गतको  दहरेखोलाले  सडकखण्ड बगाउने हुदा निकै ठूलो क्षेती पुर्‍याउदै आइरहेको अब दहरे खोलाको बैकल्पिक मार्गका बारेमा आफूहरुले सोचिरहेको   गाँउपालिका अध्यक्ष ढकालले बताए ।

 अध्यक्ष ढकालले भने , दहरेखोलामा ठूलो लगानी गरिए पनि भरपर्दो सडक बन्न नसक्दा रिडि रुद्रवेणी वामीटक्सार अन्तर्गतका  गुल्मी तथा मध्यपहाडी अन्तर्गतको बाग्लुङ्गका विभिन्न स्थानसम्म पुग्ने सवारी साधनहरु बस,जीप,ट्रक लगायत हजारौ यात्रुहरुले निकै समस्या भोग्दै आइरहेको उचित समयमै  आफूहरु यसको भरपर्दो र  दिगो सडकखण्ड निर्माणका बारेमा सोच बनाइरहेका छौं।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ