arrow

आज कुष्माण्डाको पूजा, कुपिण्डो मनपर्ने यी देवीको यसकारण गर्नैपर्छ पूजा 

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
Maa-Kushmanda.gif

काठमाडौं । नवरात्रिको चौथो दिन आईतबार देवी कुष्माण्डाको पूजा गरिँदैछ । आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो । जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन् । त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ । 

यी देवीको आठवटा हात रहेको छ । यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने गरिएको छ । यिनको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ । आठौं हातमा सबै सिद्धि तथा निधि प्रदान गर्नेवाला माला रहेको देखिन्छ । 

यी देवीको बाहन सिंह हो । यिनलाई कुपिण्डोको बलि प्रिय लाग्दछ । संस्कृतमा कुपिण्डोलाई कुष्माण्डा भनिन्छ । यी देवीको बास सूर्यमण्डलभित्र रहेको स्थानमा हुन्छ । सूर्यलोकमा रहनसक्ने क्षमता केवल यिनमा मात्रै रहन्छ । त्यसैले यिनको शरीरको कान्ति तथा प्रभा सूर्यको भान्ति जस्तै देदिप्यमान रहेको छ । यिनकै दिशाले दश दिशा आलोकित बनेको छ । यिनकै कारणले ब्रह्माण्डका सबै बस्तु तथा प्राणीमा तेज व्याप्त रहेको छ । 

अचन्चल तथा पवित्र मनले नवरात्रिको चौथो दिन यस देवीको पूजा आराधना गर्नुपर्दछ । यसले भक्तको रोग तथा शाकको नष्ट गरिदिन्छ । तथा उसको आयु, यश, बल तथा आरोग्य बृद्धि हुने विश्वास गरिन्छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ