arrow

मनरासिस्वामा राजपा विजयी

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
rajapa.jpg

गौशाला। महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा राजपा नेपालले विजय हासिल गरेको छ । निर्वाचन अधिकृत यामबहादुर बानियाँका अनुसार नगरपालिका प्रमुखमा राजपाका सञ्जयकुमार सिंह र उपप्रमुखमा सोही दलकी रमिता प्रधान विजयी भएका छन् । 

सिंहले चार हजार २३९ मत र उपप्रमुख प्रधानले चार हजार ५३ मत ल्याएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः संघीय समाजवादी फोरम नेपालका महेन्द्र रायले तीन हजार २६१ र हजरा खातुनले दुई हजार ८८९ मत ल्याएका छन् । 

यस परिणामसँगै महोत्तरीका १५ वटै स्थानीय तहको परिणाम आएको छ । महोत्तरीमा स्थानीय तहको निर्वाचनमा राजपा सात, नेकपा (माओवादी केन्द्र) चार, नेपाली काँग्रेस तीन, फोरम नेपालले एक स्थान हासिल गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ