- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रदेश नं २ मा आइतबार साझ ६ बजेसम्म १२९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेसले सर्वाधिक ३७ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ भने २ स्थानमा आग्रता लिएको छ ।
दोस्रो स्थानका रहेको संघीय समाजवादी फोरमले २४ बटा स्थानीय तह आफ्नो पोल्टामा पारेको छ । फोरमको २ स्थानमा अग्रता रहेको छ । तेस्रोमा रहेको राजपाले २४ स्थानीय तह जितेको छ ।
त्यस्तै चौथोमा रहेको माओवादी केन्द्रले २१ स्थानीय तहमा बिजयी भएको छ भने १२ स्थानमा आग्रता लिएको छ । पाचौं स्थानमा रहेको एमालेको १७ स्थानमा जीत र २ स्थानमा आग्रता रहेको छ ।
अन्यमा नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।