arrow

थाई पूर्व प्रम सिनावात्रालाई पाँच वर्ष जेल सजाय

logo
प्रकाशित २०७४ असोज ११ बुधबार
yunluk-sinawatra.jpeg

बैंकक। थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको  छ। बुधबार उनीमाथि सो कारबाहीको फैसला सुनाइएको बताइएको छ। अदालतले उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो। अदालतले सो फैसला सुनाउदा उनी अनुपस्थित थिइन्।

चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो। उनले सो आयोजनामा गरेको अनियमितताबाट कम्तीमा पनि ८ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ। त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ।

उनीमाथि यसअघिदेखि नै उक्त भ्रष्टाचार मद्दा जारी थियो। सोही मुद्दामा उनलाई दोषी ठहर गरिएको हो। उनी सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बनेकिथिन्। सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो। सोही निर्वाचनपछि उनी प्रधानमन्त्री बनेकिहुन्। प्रधानमन्त्रीमा चुनिएकी उनको लोकप्रियता निकै बढेको पनि त्यस समय बताइएको थियो।

उनको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो। तर त्यस अगावै उनलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो।

अदालतको सो आदेशपछि उनीमाथि पछि महाभियोग लगाइएको थियो। सो महाभियोगपछि उनी स्वदेशमै रहेका बेला सेनाले सत्तापलट गरेको हो। त्यसपछि उनलाई केही समय घरमै नजरबन्द गरिएको थियो।

उक्त चामल अनुदान परियोजनामा भ्रष्टचार भएको भन्ने सबै आरोपहरूको उनले भने अस्वीकार गर्दै आएकिछिन्। उनले केही दिनअघि दिएको प्रतिक्रियामा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताइकिथिन्।  रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ