arrow

नेपाल र ओमनबीच सम्बन्ध कसिदै, द्विपक्षीय हस्ताक्षर

logo
प्रकाशित २०७४ असोज ११ बुधबार
samjhauta.JPG

मस्कट । नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा बुधबार यहाँ हस्ताक्षर भएको छ । 

मस्टकस्थित ग्राण्ड ह्यात होटलमा एक कार्यक्रमकाबीच नेपालका लागि ओमनकी राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे । 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र ओमनका उच्च अधिकारीको समुपस्थितिमा भएको सो सम्झौताबाट दुवै देशबीचको सम्बन्ध थप उचाइमा पुर्याउन कोशेढुंगा सावित हुने बताइएको छ ।

दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेका अवसरमा भएको यस सम्झौताले सम्बन्धमा नयाँ आयाम थपेको प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले बताए । सम्झौताबाट दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्ने राम्रो सुरुआत भएको उनको धारणा छ । 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स युएइको अबुधाबी हुँदै यहाँ आइपुगेकोे हो । 

प्रधानमन्त्री देउवाको तीनदिने ओमन भ्रमणको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ