arrow

वेष्टइण्डिविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला इग्ल्याण्डले जित्यो

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
ckt_new.jpg

काठमाडौं । वेष्टइण्डिविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला इग्ल्याण्डले जितेको छ । पाँचौ एकदिवसीय खेल गएराती ९ विकटले जित्दै इग्ल्याण्डले श्रृंखला ४ शून्यले आफ्नो पक्षमा पारेको हो ।

२ सय ८९ रनको लक्ष्य इग्ल्याण्डले ३८ ओभर खेल्दै १ विकेट गुमाएर भेट्टायो । इग्ल्याण्डको जितमा जोनी ब्रिष्टोले नटआउट १ सय ४४ र जोय रुटले नटआउट ९६ रन बनाए । जेसन रोय ९६ रनमा आउट भए । उनले ७० बलमा ११ चौका र १ छक्का प्रहार गरेपनि शतक बनाउन भने ४ रनले चुके ।

त्यस्तै १ सय ४४ रन बनाउने क्रममा ब्रिष्टोले १७ छक्का प्रहार गरे । पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो । उसका लागि सै होपले ७२ र क्रिस गेलले ४० रन बनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ