arrow

बसको ठक्करबाट १८ वर्षीय युवतीको मृत्यु

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
bike-accident.jpg

हेटौँडा। हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्ँकिदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।

हेटौँडाबाट चितवन जाँदै गरेको ना ३ ख ७३८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ४०६७ नम्बरको मोटरसाइकललाई मकवानपुरको रमनटारमा आज साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर मनरी गाउँपालिका–७ रमनटारकी १८ वर्षीय जुनु स्याङ्तानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका मनिष लामा गम्भीर घाइते भएका छन्। उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ