arrow

आशिष पुगेन, रोकिएन काठमाडौंमा मापसेको हर्कत

logo
बाबु नेपाली,
प्रकाशित २०७४ असोज १६ सोमबार
mapase.jpg

काठमाडौं । बडादशैंमा ठूलाबडा तथा मान्यजनको आशिषले ठूलो अर्थ राख्छ । बिना आशिषको त बडादशैं नै हुन्न होला । 

तर यस्तो लाग्छ कि मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई ठूलाबडाले आशिष नै दिएनन् कि । 

यो आशिष सम्भवतः ठूलाबडाले ‘मापसे गरेर सवारी नचलाउनु’ भनेका भए दुर्घटना त कम हुन्थ्यो होला । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने ३ सय ६० जना सवारी चालकहरुलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । 

तीमध्ये मापसे गरेर सवारी साधन चलाउने ८० जना चालकहरु रहेका छन् । 

ट्राफिक प्रहरीले पहिलेका तुलनामा मापसेलाई निरुत्साहित गर्न मेहनत गरेको छ । 

एक ट्राफिक प्रहरी भन्छन् – हामी मेहनत गर्छौं माथिबाट छुट दिइन्छ । 

जवानले ड्युटीमा मेहनत गर्ने तर हाकिमले सोर्सफोर्सको नाममा छाडिदिने हो भने त्योभन्दा ठूलो दुर्भाग्य के होला ? 

विगतका तुलनामा मापसे गरेर सवारी चलाउँदा मृत्यु हुनेको संख्या पनि घटेको छ । 

तर शून्य किन हुन सक्दैन ? 

तिनै ट्राफिकले भने शून्य गर्न त लाइसेन्स खारेज गर्नुपर्छ । 

हुनत काठमाडौं उपत्यकामा बिना लाइसेन्स गाडी चलाउनेहरु अझै पनि छन् । 

नक्कली लाइसेन्स बन्ने क्रम अझै रोकिएको छैन । 

मिडियामा यस्ता समाचार आए पनि भित्री सेटिङ्ग अझै सकिएको छैन । 

भ्रष्टाचारले गर्दा नै यो गति निम्तिएको बताइन्छ । 

अब यस्तोमा आशिष दिनेहरु नै मापसेका लतधारी परे वा भ्रष्टाचारको लेपनमा परे त्यसको पारो नाप्नु जरुरी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ