arrow

बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको टुंगो, कुन दलका को को ?

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
democratic-alliance1.JPG

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ । 

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा बुधबार काँग्रेससहित छ दलले लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका थिए । 

आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे रहेको काँग्रेस नेता डा रिजालले बताए । 

त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् । 

कार्यदलको बैठक शुक्रबार बिहान ८ः०० बजे बस्ने नेता डा रिजालले जानकारी दिए । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ