arrow

चित्रबहादुरले भने–भए वामपन्थीसँग तालमेल हुन्छ, नभए कसैसँग हुँदैन

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जनमोर्चा ठूला दलसँग चुनावी तालमेलसम्म मात्र गर्न सक्ने बताएका छन् ।

अध्यक्ष केसीले चुनावी तालमेल पनि वाम गठबन्धनसँग मात्रै गर्न सक्ने जानकारी दिए । उनले भने, ‘भर वामपन्थी गठबन्धनसँग तालमेल हुन्छ नभए कसैसँथ हुँदैन ।’ आफुलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्न अनुरोध गरेको उनले स्वीकारे ।

उनले अगाडि भने, ‘प्रधानमन्त्रीले प्रस्ताव राखेपछि मैले पार्टीमा राख्छु भनि बचन दिएको थियो । पार्टीमा छलफल हुँदा वाम गठबन्धनसँग गर्नुपर्छ भन्ने सुझाव आयो । वाम गठबन्धनसँग पनि कुरा मिलेका खण्डमा मात्रै तालमेल हुन्छ ।’

प्रधानमन्त्री र आफुहरुबीच भएको छलफललाई वंग्याइएको समेत उनले गुनासो गरेका छन् । जनमोर्चाकी प्रवक्ता दुर्गा पौडलले समेत चुनावी तालमेलसम्मको मात्रै कुरा चलिरहेको बताएकी छन् । उनले पनि वामपन्थी गठबन्धनसँग तालमेल हुने संकेत दिएकी छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ