arrow

एकाएक सुन आयात ५० प्रतिशतले बढ्यो 

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
gold-pure.jpeg.jpeg

काठमाडौं । सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ ।

चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो ।

गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ ।

सरकारले पहिले वैदेशिक रोजगारीमा गएका र विदेशमा बस्ने नेपाली स्वदेश फर्किदा ५० ग्रामसम्म सुन ल्याउन छुट दिएको थियो । 

चालु आवदेखि यो व्यवस्था पूर्ण रुपमा हटाएको छ ।

यो व्यवस्था हटाएका कारण बैंकमार्फत सुन आयात बढेको व्यवसायी र सरकारी अधिकारी बताउँछन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ