arrow

विवेकशील साझाबाट काठमाडौं १ मा रविन्द्र मिश्र र ५ मा उज्जवल थापा चुनाव उठ्दै

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
sajhaparti.jpg

काठमाडौं। विवेकशील साझा पार्टीले काठमाडौंका २ चर्चित क्षेत्रबाट आफ्ना  संयोजक र सहसंयोजकलाई उठाउने भएको छ ।   विवेकशील साझाको उमेद्वार छनोट समितिले संयोजक रबिन्द्र मिश्रलाई क्षेत्र नम्बर १  र सहसंयोजक उज्जवल थापालाई ५ बाट उठाउने भएको छ ।

उम्मेदवार छनोट समितिले सिफारिस गरेको नाम केन्द्रिय समितिले अनुमोदन गर्नु पर्नेछ ।  विवेकशील साझा पार्टीकको केन्द्रिय समितीको बैठक सोमबार  बस्दैछ । सो बैठकले काठमाडौंका २ क्षेत्र अतिरिक्त देशका अन्य ठाँउका उमेद्वारको टुङ्गो लगाउने  विवेकशील साझा पार्टीका एक नेताले  जनाएका छन् ।  

संसदीय र प्रान्तीय निर्वाचनमा विवेकशील साझाले सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद्वार दिने मनासाय बनाएको श्रोतले बताएको छ।
उज्वल थापाले यसअघि दोस्रो संविधानसभामा काठमाडौं पाँच नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका थिए भने यसपाली पनि उनले पाँच नम्बर क्षेत्रबाटै उम्मेदवारी दिने भएका छन्।

पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका रविन्द्र मिश्रले पनि प्रत्यक्ष उम्मेद्वारी  काठमाडौं क्षेत्र नम्बर एकबाट दिने चर्चा चलेको थियो । काठमाडौं एकका शिक्षित मतदाताहरुलाई आकर्षित गर्न खासै गाह्रो नहुने तर्कका साथ बहस अघि बढेको श्रोतले जनाएको छ।

मिश्रले काठमाडौं तीनबाट प्रत्यक्ष उम्मेदवारी दिने मनसाय बनाएका थिए। तर उनलाई काठमाडौं तीन भन्दा काठमाडौं क्षेत्र नम्बर एकमा बिजयी हुन सजिलो हुने बताइएपछि त्यस बारेमा पार्टीले बिचार मन्थन गरेर यस्तो निर्णय गरेको हो।

काठमाडौंका यी २ क्षेत्रमा मिश्र र थापाको उमेद्वारले वर्तमान राजनितिक समिकरणलाई थप तेजिलो बनाउने मानिएको छ । क्षेत्र नम्बर १ बाट काँग्रेसका पुर्व महामन्त्रि प्रकाशमान सिंह निर्वाचित सभासद हुन् भने  ५ बाट काँग्रेस नेता नरहरि आचार्य  निर्वाचित क्षेत्र हो ।

साथै  क्षेत्र नम्बर १ बाट  सिंह उठ्दै छन् भने ५ मा आचार्य विरामिका कारण उमेद्वारको टुङ्गो लाग्न सकेको छैन ।

 काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं.५ पनि यतिखेर चर्चामा छ। काँग्रेस नेता नरहरी आचार्य निर्वाचित हुँदै आएको क्षेत्र उहाँ विमारी भएपछि त्यहाँबाट को उमेद्वार बन्ने कुराले पनि चर्चामा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ