arrow

नेविसंघ नेता युवराज पाण्डे प्रदेशका लागि सिफारिस

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
yubraj-pandey.jpg

स्याङ्गजा । मंसिर १० र २१ गते आउदै गरेको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागि दलका नेता तथा कार्यकर्ता गाउँ, क्षेत्र र जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने क्रम जारी रहेको छ । नेपाली कांग्रेस स्याङ्गजाले प्रतिनिधी सभा क्षेत्र नं. २ को प्रदेश सभा ख को प्रत्यक्ष तर्फ नेविसंघका नेता युवराज पाण्डे सहितका नेतालाई सिफारिस गरेको छ । अव उक्त सिफारिसको आधारमा नेपाली कांग्रेस केन्द्रले उमेदवारको टुङ्गो लगाउने छ ।

२०४८ सालमा भवनी मा.वि. विरघा, स्याङ्गजाबाट विद्यार्थी राजनितिमा लागेका पाण्डे २०५८ सालमा त्रिभूवन बुहमुखी क्याम्पस पाल्पामा ईकाइ अध्यक्ष हुदै २०६४ सालको नेविसंघको चितवन महाधिवेशनमा पश्चिमअञ्चलबाट भारी मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन । राजनितिलाई असल संस्कारको रुपमा बिकास गर्नु पर्ने र जनतामा राजनितिक दल प्रतिको नकारात्मक शोच परिवर्तन गर्नु चुनौति देख्ने पाण्डे आफुलाई स्थानियले रुचाएका कारण सिफारिस गरेको र पार्टीले आधिकारीक टिकट पाए अत्याधिक मतले चुनाव जित्ने बताउँछन । राजनितिलाई समाजसेवा भएको र यसैबाट सभ्य समाजको निर्माण सम्भव भएको उनि बताउँछन ।

दुई दशक देखी विद्यार्थी आन्दोलन र राजनितिमा सक्रिय रहेका उनि २०६२/०६३ को जनआन्दोलनमा पटक पटक गिरफ्तार तथा प्रहरी हिरासतमा रहेका थिए । बैचारिक, सालिन, जनमुखी नेताका रुपमा परिचित उनि सबैसंग समान ब्यबहार र असल आचरणका कारण पनि मिलनसार नेताका रुपमा चिनिन्छन । निति निर्माणसंगै विकास कार्यमा स्पष्ट दृष्टिकोण राख्ने पाण्डेले २०६२ सालमा त्रिभूवन विश्वविद्यालय किर्तिपुरबाट स्नात्ताकोत्तर गरेका छन । शैक्षिक तथा राजनितिक विषय वस्तुका लेखनमा रुची राख्ने उनिद्धारा समय समयमा विभिन्न पुस्तक सम्पादन तथा लेखन गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ