arrow

एनआरएनको माहोलसँगै नेताहरुको बाक्लियो चियापान

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
NRN_tea_pan.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै निवास टाक्सिबारीमा मंगलबार एनआरएन विश्वसम्मेलनको पूर्वसन्ध्यामा एनआरएनका प्रतिनिधिहरुको लागि चियापान कार्यक्रम आयोजना गरे । उनले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन नेपाल आएका प्रतिनिधिहरु, विभिन्न देशका एनआरएन अध्यक्षहरुको सहभागिता रहेको थियो । त्यो चियापान नितान्त एनआरएनको सम्मेलनलाई मध्येनगर गरी गरिएको थियो । 

त्यस्तै, नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पनि बुधबारको लागि आफ्नै निवासमा एनआरएनको सम्मेलनलाई लक्षित गर्दै चियापान कार्यक्रमको आयोजना गर्दैछन् । उनले पनि आफ्नो निकटस्थ एनआरएन प्रतिनिधिहरु तथा नेपालका नेताहरुलाई बोलाएर चियापान कार्यक्रम गर्नलागेका हुन् । त्यस्तै, नेपाली काँग्रेसको जनसम्पर्क समितिका सदस्यहरुलाई बिहीबार दियालो फुड ल्याण्डमा चियापानको व्यवस्था गरिएको छ । 

काँग्रेसका यी दुई नेता मात्रै होईन अहिले मुख्य पार्टीका शीर्षनेताहरुले दैनिकजसो यसैगरी विभिन्न देशहरुबाट आएका आफूनिकट प्रतिनिधिहरुलाई बोलाएर चियापान गराउने क्रम तीब्र रुपमा चलिरहेको छ । गैर आवासीय नेपाली आठौं विश्व सम्मेलन नजिकिएसँगै नेपाली राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुमा चुनावी चहलपहल झनै चुलिएको छ । यही १४ तारिकदेखि सुरु हुन लागिरहेको विश्वसम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्दैछ । 

सम्मेलन नजिकिएसँगै एनआरएनका प्रतिनिधि, विभिन्न मुलुकका एनआरएनका अध्यक्षहरुमात्रै होईन नेपालका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुमा समेत एनआरएन सम्मेलनको माहोल चुलिएको छ । नेपाली राजनीतिमा समेत पछिल्ला दिनहरुमा प्रभावपार्ने भएकोले विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले एनआरएनको सम्मेलन महत्वपूर्ण रुपमा लिने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ