arrow

नेपालको एसिया कप छनोटको सम्भावना क्षिण, ताजकिस्तानसंग ३–० ले पराजित

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
nepal.jpg

काठमाडौँ । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ ।

ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३–० ले पराजित भएको हो । ताजकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो ।

ताजकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।

यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो खेलमा पनि नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

हारसँगै नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना क्षिण भएको छ ।

छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै आफ्नो समूहको अंकतालिकामा नेपाल पुछारमा छ ।

नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ