arrow

प्रधानमन्त्रीको लोभ देखाएर तीन दलिय गठबन्धन तोड्न सफल भयौं: महतो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1798813301.jpeg

काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले काँग्रेसलाई प्रधानमन्त्रीको लोभ देखाएर ठूला तीन दलको गठबन्न तोडन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सफल भएको बताएका छन् ।

अन्नपूर्ण पोष्टमा क्रान्ति शाह लेख्छन्–वीरगन्ज रक्सौल नाका स्थित मितेरी पुलमा जारी धर्ना स्थलमा विहीबार पत्रकार सम्मेलन गरेर अध्यक्ष महतोले ठूला तीन दलको गठबन्धन तोडनकै लागि मधेशी मोर्चाले प्रधाामन्त्रीको निर्वाचनमा भाग लिएको खुलासा गरे ।   तीन दलले मधेशी दललाई फुटाउन षड्यन्त्र रचेका थिए , उनले भने 'तर उल्टै हामीले तीन दलको गठबन्धन तोड्यौ ।'
 
 संविधानसभामा ९० प्रतिशत भन्दा बढी मत रहेको काँग्रेस, एमाले र एमाओवादीको गठबन्धनलाई नतोडेसम्म मधेशको माग पुरा हुने अवस्था नरहेकाले प्रधानमन्त्री पदको लोभ देखाएर काँग्रेसलाई तीन दलिय गठबन्धनबाट अलग गर्ने नियतले मधेशी मोर्चाले संसदमा प्रधानमन्त्रीको निर्वाचनमा शुसिल कोइरालाको पक्षमा मतदान गरेको उनले बताए ।
 
 संसदमा मधेशी दलको संख्या न्युन रहेको र काँग्रेस प्रतिपक्षमा आए मधेशको मुद्दा सम्बोधन गराउन सहज हुने योजना अन्र्तगत नै कागं्रेसका उम्मेदवार कोइरालालाई मतदान गर्न मधेशी मोर्चा संसदमा प्रवेश गरेको उनको भनाइ छ ।
 
अध्यक्ष महतोले भने, ‘मधेशी मोर्चा प्रधानमन्त्रीको निर्वाचनमा भाग लिनुको तीन वटा कारण छ, पहिलो कारण मधेश बिरोधी केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्नु थियो, दोश्रो  तीन दलीय सिण्डिकेट तोडनु थियो  र तेश्रो दुई तिहाईबाट संबिधान संसोधन गर्नुपर्ने भएपछि त्यसको लागि संसद नै एक मात्र विकल्प थियो ,त्यसैले मोर्चामा आबद्ध दलहरु प्रधानमन्त्री निर्वाचनमा भाग लिएका हुन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ