arrow

भाजपा सरकार बनेपछि अध्यक्षका छोराको कम्पनीमा १६००० गुणा टर्नवभर, समाचारले भारतभर हंगामा

द वायरका सम्पादक भन्छन् 'अहिलेसम्मकै ठूलो दबाब झेलिरहेका छौं' (भिडियो सहित)

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
jay-modi-amit-shah-bjp-.png

नयाँदिल्ली । भारतमा भारतीय जनता पार्टीको सरकार बनेपछि पार्टी अध्यक्ष अमित शाहका छोराले सञ्चालन गरेको एक कम्पनीमा अस्वभाविक टर्नवभर भएको खोजमूलक समाचार प्रकाशित भएपछि अहिले भारतभरी नै हंगामा मच्चिएको छ । अध्यक्ष शाहका छोरा जय अमितभाई शाहको स्वामित्वमा रहेको एक कम्पनीको सालाखाला टर्नओवर नरेन्द्र मोदीको सरकार तथा पिता अमित शाह पार्टी अध्यक्ष बनेपछि १६ हजार गुणाले बढेको समाचार केहीदिन अघि भारतको द वायरका लागि वरिष्ठ पत्रकार रोहिणी सिंहले प्रकाशित गरेकी थिर्इन् । यो तथ्य उनले रजिस्ट्रार अफ कम्पनीज ९आरओसी० मा दाखिल गरेको प्रतिवेदनको आधारमा तयार पारेकी हुन् । 

कम्पनीको ब्यालेन्स सिट तथा आरओसीका साथ प्राप्त कम्पनीको वार्षिक रिपोर्टोंमा यो कुरा उजागर भएको हो कि २०१३ र २०१४ को मार्चसम्ममा शाहको टेम्पल इन्टरप्राइज प्राइवेट लिमिटेड कम्पनी कुनैपनि ख़ास उल्लेखनीय कारोबार गर्नेखालको कम्पनी थिएन । यी वर्षहरुमा कम्पनीलार्इ क्रमशः ६२ सय ३० र १७ सय २४ रुपैयाँ घाटा भएको थियो । त्यसपछि आर्थिक वर्ष २०१४ १५मा कम्पनीले ५० हजारको राजस्वमाथि १८ हजार ७ सय २८ भारतीय रुपैयाँको लाभ देखाइएको थियो । २०१५(१६ मा कम्पनीको टर्नओवर आकाशमा छलाङमार्नेगरी बढेर  ८०‍‍।५ करोड रुपये छोएको छ । 

टेन्पल इन्टरप्राइजको राजस्वमा यस्तो अचम्मित पार्नेखालको बढोत्तरी यस्तो समयमा भएको छ कि जब कम्पनीले राज्यसभा सांसद तथा रिलायन्स इन्डस्ट्रीजका शीर्ष एक्जिक्यूटिव परिमल नाथवानीका सम्धी राजेश खण्डवालाको स्वामित्व रहेको एक वित्तीय सेवा कम्पनीबाट १५।७८ करोड रुपयेको असुरक्षित कर्जा मिलेको देखिन्छ । 

जबकी, एक साल पछि अक्टोबर, २०१६ मा जय शाहको कम्पनीले आफ्नो व्यापारिक गतिविधियोलार्इ अचानक पूरा तरहले बन्द गरिदिएका थिए । उनीहरुले बुझाएको रिपोर्टमा यो कुरा उल्लेख गरिएको छ कि पछिल्लो वर्ष भएको १‍।४ करोडको घाटा तथा यसको पहिलेको वर्षमा हुनेवाला नोक्सानको कारण कम्पनीको नेट वर्थ  पूरै समाप्त भएको थियो ।  यसै विषयमा गत बिहीबार कम्पनीका प्रमुख जय शाहलार्इ पठार्इएको प्रश्नमा उनले टेम्पल इन्टरप्राइजको सम्पत्तिमा आएको यस उतार(चढाव तथा आरओसीको दस्तावेजका अनुसार उनको दोस्रो कारोबारको व्यहोरा बतार्इदिने प्रतिवद्दता व्यक्त गरे । तर यस कम्पनीको बारेमा भने आफू यात्रा गरिरहेकोले तुरुन्त यस बारेमा प्रतिकृया दिन नसक्ने बताए । 

तर शुक्रबार उनका वकिल मानिक डोगराले यस्तो चेतावनी दिए की यदी आफ्नो क्लार्इन्ट जय अमितभाई शाहमाथि यस्तो कुनै आरोप लगार्इन्छ भने उनीमाथि आपराधिक तथा सिविल मानहानीको कसुरमा मुद्दा दायर गरिन्छ । 

यो समाचार आइसकेपछि अहिले भारतभरी नै यसले चर्चा पार्इरहेको छ । द वायरकी खोज पत्रकार रोहिणी सिंहले तयार पारेको यो खोजमूलक समाचारका कारण मोदी सरकार माथि नै प्रश्न चिह्न खडा भएको छ । यो समाचार आइसकेपछि अहिले द वायरमाथि धेरै धेरै धम्की र टीप्पणीहरु आउने गरेको छ । यावत टीका टिप्पणीहरु आउन थालेपछि द वायरका संस्थापक सम्पादक र लेखक सिंहले एक भिडियो सन्देश मार्फत् यस बारे स्पष्ट पारेका छन् । भिडियो सन्देशमा सिंहले आफूले पत्रकारिताले असली लोकतन्त्रको परिभाषा दिनुपर्ने भन्दै ५ वर्षमा १ पटक भोट हालेर बाँकी समय मौन बस्नुमात्रै लोकतन्त्र नभएको बताएकी छिन् । उनले महिला पत्रकारहरुले धेरै दवाब सहन सक्दैनन् भन्ने विषयलाई यो समाचारले चुनौती दिएको बताएकी छिन् । 

द वायरकै भिडियो कार्यक्रम हम भी भारतमा बोल्दै उनले यस्तो बताएकी हुन् । द वायरका संस्थापक सम्पादक एम के वेणु र संवाददाता सिंहको द वायरकै स्टुडियोमा हिन्दीमा लिईएको भिडियो अन्तर्वार्ता यहाँ हेर्नुहोस् । जसले भारतीय समाजमा खोज पत्रकारिताका समस्या के कस्ता रहेका छन् भन्ने बारेमा प्रकाश पार्ने देखेर हामीले हिन्दीमा रहेको अन्तर्वार्तालार्इ जस्ताको त्यस्तै साभार गरेका हौं । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ