arrow

उत्पादन बढाउन विज्ञको जोड

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
Alaichee.jpg.jpeg

काठमाडौँ । पर्याप्त उत्पादन नभई निर्यात रणनीति सार्वजनिक हुनुले तात्विक अर्थ नहुने विभिन्न क्षेत्रका विज्ञले बताएका छन्  । 

वाणिज्य मन्त्रालय र राष्ट्रिय व्यापार केन्द्रले काठमाडौँमा आयोजना गरेको निर्यात रणनीति प्रतिवेदन सार्वजनिक समारोहमा वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले आयात प्रतिस्थापन स्वभाविक भए पनि निर्यात गर्नु पहिले पर्याप्त उत्पादन गर्नुपर्ने बताएका हुन् । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपाली चिया, कफी, अलैँची र हाते कागजको विश्वमा माग बढ्दै गए पनि स्वदेशमा पर्याप्त उत्पादन नभएकाले पहिले उत्पादन बढाउन जोड दिएका छन्  । उनले नेपालमा कृषिको अथाह सम्भावना भए पनि पर्याप्त उत्पादन भने गर्न नसकेको जानकारी दिए । 

अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक अरन्चा गोन्जालेजले उत्पादन बढाउन सकेमात्र निर्यातको सम्भावन रहेको जानकारी दिए । सन् २०२२ सम्ममा नेपालले १९० वस्तुको निर्यात बढाउनुपर्ने व्यापारिक रणनीति पुस्तकमा उल्लेख छ । 

वाणिज्य मन्त्रालयले आगामी पाँच वर्षभित्र १९० वस्तुको निर्यात गर्ने लक्ष्यमा पुगेको देखिन्छ । 

नेपालले २०५६ सालदेखि चिया तथा कफी निर्यात गर्दै आएको भए पनि आयातको इतिहास भने ४० वर्ष पुरानो भएको बताउछन् कफी व्यवसायी श्यामबहादुर भण्डारी । 

वाणिज्य मन्त्रालयले सुक्रबार सार्वजनिक गरेको निर्यात रणनीति प्रतिवेदनमा चिया, कफी, अलैँची र हातेकागज निर्यात गर्ने लक्ष्य लिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका सामुदायिक वनको उपयोग नभएसम्म चार वस्तुको निर्यात लामो समयसम्म नटिक्ने बताउछन् । 

नेपालका सामुदायिक वनभित्र कफी, चिया, अलैँची र लोक्ताको खेती गर्न सकिन्छ, कृषिविज्ञ कृष्ण भण्डारीले भने । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ