arrow

बाम गठबन्धन छाडेपछि बाबुरामले लेखे 'हाम्रो त आँखा खुल्यो, तपाईँको नि ?'

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
baburam-kp-parti-phutyo.jpeg

काठमाडौं । एमाले–माओवादी केन्द्रको गठबन्धनमा सहभागी हुन खोजेको नयाँ शक्ति पार्टी, नेपालले आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरेको छ । सिट बाँडफाँडको विषयमा गडबन्धनमा कुरा नमिलेपछि नयाँशक्ति संघीय सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि बाबुराम भट्टरार्इले आफ्नो आँखा खुलेको कुरा आफ्नो फेसबुक पेजमा लेखेका छन् । तर उनले प्रतिकात्मक रुपमा आफ्नो पुरानै चुनाव चिह्नमा चुनाव लड्नेभएपछि चुनाव चिह्नको आँखा खुलेको बताएका हुन् । तर, उनको प्रतिकात्मक अर्थलार्इ बाम गठबन्धनबाट छाडेपछि आफ्नो आँखा खुलेको भन्दै अनेक टीका टिप्पणी सुरु भएको छ ।  

बाम गठबन्धन छाड्ने निर्णय पछि जारी विज्ञप्तिमा, ‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’ भनिएको छ । 

यसअघि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एमालेको सूर्य चिन्हमा चुनाव लड्ने भन्दै वाम गठबन्धनको चुनावी तालमेल तथा पार्टी एकताको खाका सार्वजनिक समारोहमा उपस्थित भएका थिए । पछि सिट संख्या बाँडफाँट कार्यदलमा नयाँ शक्ति सहभागी भएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ