arrow

पवित्रादेवीको आशीर्वाद लिएर चुनावी प्रचार सुरु गरे रविन्द्र मिश्रले 

निर्वाचित भए तलब सोही क्षेत्रलाई

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
rabindra_mishra1.jpg

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । शनिबार उनले काठमाडौं क्षेत्र नं १ मा पर्ने नयाँ वानेश्वरबाट चुनावी अभियान सुरु गरेका हुन् । 

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुन लागेका उनले सो क्षेत्रबाट आफू विजयी भए आफूले सांसद् भएबापत पाएको पारिश्रमिक सोही क्षेत्रको विकासमा खर्च गर्ने घोषणा गरेका छन् । उनले आफ्नो नयाँ स्तम्भमा १३ असोज २०६७ सालमा पवित्रदेवी रायमाझीको बारेमा  ‘खान पुगोस्, दिन पुगोस्’ भनेर लेखेको संग्रहित स्तंभ-निबन्धलाई स्मरण गर्दै आफूले पनि सो क्षेत्रको सांसद् बापत पाएको पैसा सोही क्षेत्रको विकासमा खर्च गर्ने घोषणा गरेको बताएका छन् । 

रमार्इलो कुरा त यो छ कि मिश्रले स्तम्भमा लेखेको जस्तै आफ्नो चुनावी प्रचारको सुरुवात पनि तिनै पवित्रदेवीको काठमाडौं क्षेत्र नम्बर एकमा पर्ने बानेश्वरस्थित घरबाट गरेका छन् । पवित्रादेवीले पनि उनलाई आशिर्वाद दिंदै , 'बाबुको सतप्रयास सफल होस्, यो देश राम्रो होस्।' भनेको उनकाे चुनावी प्रचारको शुभारम्भ गराएकी थिर्इन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ