arrow

वामपन्थी गठबन्धन तासको घर नबनोस् : नेता गुरुङ

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
dhanraj_gurung.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोकतन्त्रको सुन्दर पक्ष एकता भएको बताएका छन् । 

उनले नेपाली काँग्रेस क्षेत्र नं २ भक्तपुरले सनिबार नंखेलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वामपन्थी गठबन्धन तासको घर नबनोस् भने । नेता गुरुङले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसका नेता एवं कार्यकर्ताले फुटेर नभई जुटेर एकता कायम गर्नुपर्ने जानकारी दिए । 

पूर्वउद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले काँग्रेस गौरवशाली इतिहास बोकेको लोकतान्त्रिक पार्टी भएको बताए । काँग्रेसका सांसद रामेश्वर ढुंगेलले एकतामा ठूलो शक्ति अडिएको बताउँदै काँग्रेसजन संविधान कार्यान्वयनका लागि गोलबद्ध हुनुपर्ने उल्लेख गरे । 

काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काँग्रेस एकतामा विश्वास राख्ने पार्टी भएको बताए । कार्यक्रममा काँग्रेसका नेता नारायणभक्त खायमाली, निशान ढुंगेल, अंगत खड्कालगायतले लोकतन्त्रका पक्षमा धारणा राखेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ