arrow

काँग्रेसको संसदीय बोर्डमा थपिए पाँच जना, को को परे ?

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको संसदीय बोर्डमा पाँच जना सदस्य थपिएका छन् ।  यसअघि १७ सदस्यीय संसदीय बोर्ड रहेकोमा शनिबार पाँच जना सदस्य थपिएर २२ जना पुगेको छ ।  संसदीय वोर्डमा थपिनेमा डा शेखर कोईराला, डा मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मनसुर र एनपी साउद रहेका छन् ।

पछिल्लो महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित नेता डा कोईराला र मधेशी मोर्चासँगको बार्तामा प्रभावकारी भूमीका खेलेका रिजाललाई बोर्डमा छुटाइएको भन्दै काँग्रेस भित्र चर्को आलोचना भएको थियो । डा रिजाल आन्तरिक व्यवस्थापनमा चुस्ता नेताका रुपमा पनि चिनिन्छन् । त्यसैगरी दलित र मुस्लीम समुदायको प्रतिनिधिको रुपमा विश्वकर्मा र मन्सुरलाई थपिएको हो ।

थपिएका पाँच जना समेत सहभागी हुनेगरी शनिबारै बेलुका पाँच बजे बोर्डको बैठक बोलाइएको छ । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको नामावली तयार पार्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ