arrow

कमल थापासहित ४ मन्त्रीले खाए सपथ, देउवाको अघिपछि ६४ मन्त्री 

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
mantri.jpg

काठमाडौं । उपप्रधानमन्त्री नियुक्त भएका कमल थापासहित राप्रपाका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा थापासहित मन्त्रीहरु दिलनाथ गिरी, जयन्त चन्द र विक्रम थापाले शपथ लिएका हुन् । 

देउवाले शुक्रबार मात्रै राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री नियुक्ति गरेका थिए । योसँगै देउवाको मन्त्रिमण्डल ६४ सदस्यीय भएको छ ।

देउवाले आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेको भन्दै आलोचना भइरहेका बेला संसदको आयु सकिनै लाग्दा मन्त्रिपरिषद्  विस्ता गरेका हुन । देउवाले मन्त्री नियुक्त गरेकाहरुले सांसद पद सकिन केही घण्टा अघि मात्रै सपथ लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ