arrow

काँग्रेस र फोरम लोकतान्त्रिकको समानुपातिक लिष्ट निर्वाचन आयोगमा 'फाईनल' हुँदै 

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
congress-flag2.jpg

काठमाडौं । नेपाली काँग्रेस र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले बुझाउन लागेको समानुपातिक उम्मेदवारहरुको नामावलीहरु रोकेर संयुक्त रुपमा बुझाउने तयारी भईरहेको छ । आईतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकीकरण हुने भएपछि यी दुई पार्टीले संयुक्त रुपमा समानुपातिक उम्मेदवारहरुको सूची बुझाउन लागेको हो । 

अहिले समानुपातिक उम्मेदवारको सूची बोकेर आयोगमा पुगेका नेताहरु प्रकाशशरण महत र मिनेन्द्र रिजाल तथा फोरम लोकतान्त्रिकका तर्फबाट गएका रामजनम चौधरी लगायतका नेताहरु अहिले संयुक्त नामावली तयार पारिरहेका छन् । अहिले त्यस विषयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि सहयोग गरिरहेका छन् । 

स्रोतका अनुसार अहिले नामावलीमा करिव १० प्रतिशत उम्मेदवारहरु फोरम लोकतान्त्रिकको तर्फबाट पठाउने तयारी भईरहेको छ । यस विषयमा निर्वाचन आयोगको कार्यालयकै एउटा कोठामा यस विषयमा छलफल चलिरहेको छ । आईतबार निर्वाचन आयोगले समानुपातिक निर्वाचनको बन्द सूची पेश गर्ने मिति तोकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ