- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजनीतिक दलहरुले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा समानुपातिकतर्फको बन्दसुची पेश कार्य भद्रगोल बनेको छ । आईतबार राति अबेरसम्म दलका नेताहरु निर्वाचन आयोग परिसर तथा कोठामा भेला भएर बन्दसुचीलाई अन्तिम रुपमा दिने कोसिस गर्दै गरेको अवस्थामा भेटिए ।
राति साढे आठ बजे बहादुर भवनस्थित आयोगको परिसर पुग्दा चौरमा पाल टाँगेर बनाएको दर्तास्थलमा बसेका कर्मचारीहरु राजनीतिक दलको प्रतीक्षामा देखिन्थे । कतिखेर सुची बुझाउन दलका प्रतिनिधि आउने हुन् । कतिखेर दर्ता गरेर सकिने हो थाहा छैन । न खान न सुत्नको ठेगान भो, एक कर्मचारीले गुनासो गरे ।
(नागरिक दैनिकबाट)