arrow

झापाको दुर्गा पाञ्चायन मन्दिर ओझेलमा

logo
गोपाल अधिकारी,
प्रकाशित २०७४ असोज ३० सोमबार
durgapanchain-mandir.jpg

बिर्तामोड। मेचीनगर नगरपालिका–२ बाहुनडाँगीस्थित दुर्गा पाञ्चायन मन्दिर ओझेलमा परेको छ ।  स्थानीय समाजसेवीहरुको पहलमा  निर्माण गरिएको उक्त मन्दिरमा हालसम्ममा दुर्गा भवानी, सुर्यनारयण, विष्णु, शिव र गणेशको मन्दिरसहितको भवन निर्माण गरिएको छ । भवन निर्माण गरे पनि आर्थिक अभावका कारण भवनमा पानीको धारो, घेराबारा, मन्दिरको मूल गेट बनाउनका लागि भने नसकिरहेको संस्थापक सदस्य राजकुमार दाहालले बताए ।

मिनी धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यले २०४९ सालमा कर्णप्रसाद दुलालको अध्यक्षतामा मन्दिर समिति निर्माण गरी मन्दिरको शुरुवात गरिएको थियो । स्थानीय दैलतविक्रम कार्कीले निःशुल्क प्रदान गरेको १ कठ्ठा भूमिदानमा निर्माण शुरु गरिएको  मन्दिरमा दुर्गा भवानीको कागजको तस्वीर राखेर पूजाआजा गर्न थालिएको हो ।
 
हिन्दू धर्मको प्रचार–प्रसारसँगै समाजमा रहेका विकृति, विसंगति हटाएर धार्मिक एकता कायम गर्न तथा नयाँ पीढिलाई धार्मिक क्षेत्रमा लाग्न प्रेरणा दिने उद्देश्यले स्थानीयबासीहरु मन्दिरको संरचनालाई पूर्णता दिन अग्रसर देखिएको संस्थाका सचिव राजन बस्नेत बताउँछन् ।  मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउन २०७३ सालमा विभिन्न मन्त्रालयमा समेत पत्राचार गरिएको तर हालसम्म कुनै पनि आर्थिक सहयोग प्राप्त नभएको मन्दिर निर्माणमा समस्या भएको उनले बताए । झापाको पर्यटकीय स्थल मिनी माउन्टेन र कृष्णथुम्कीको छेऊमा रहेको यस मन्दिरको भवन निर्माण गर्न सकियो भने त्यसक्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिने स्थानीय नवराज भारती बताउँछन् ।
 
२०५२ सालमा दर्ता प्रक्रियाबाट अघि बढाएर हालसम्म २० लाख मूल्य बराबरको सम्पत्ति मन्दिरसँग भएको बताइएको छ । मन्दिरको भवनलाई पूर्णता दिन आर्थिक सहयोग गरिदिन मन्दिर समितिले आग्रह गरेको छ । सबैको सहयोग प्राप्त भए नमूना मन्दिर बनाउने समेत लक्ष्य रहेको संस्थापक सदस्य राजकुमार दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ